हिम स्टार उर्जा कम्पनी लिमिटेडले गत जेठ ३० गतेदेखि पहिलो चरणमा निष्काशन गरेको साधारण सेयर (आईपीओ) भोलि असार २० गते बिहान बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार बाँडफाँडका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ।
कम्पनीले आफ्नो ३७ करोड ३० लाख रुपैयाँ बराबरको जारी पूँजीको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा १ लाख ८६ हजार ५०० कित्ता सेयर स्थानीय बासिन्दाहरूका लागि र ९३ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निस्काशन गरेको थियो। सोहि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको छुट्याइएको सेयरको बाँडफाँड भोलि हुने भएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया