SHAREHUB SHAREHUB

सरकारी बिदाले स्वास्थ्य सेवा रोकिने छैन; आइतबार पनि अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Advertisement Ads
सरकारी बिदाले स्वास्थ्य सेवा रोकिने छैन; आइतबार पनि अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
Advertisement Ads

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न देशभरका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

सरकारले इन्धन खपत घटाउने उद्देश्यले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्वास्थ्य सेवा प्रभावित हुने गुनासो आएको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले आइतबार पनि सेवा सुचारु राख्न निर्देशन दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार का अनुसार सार्वजनिक बिदा भए पनि अस्पतालहरूले उपलब्ध जनशक्ति र कार्यभारको आधारमा आइतबार ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ।

उनले देशभरका अस्पताल तथा सम्बन्धित निकायलाई सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिए।

कर्मचारी व्यवस्थापनतर्फ भने सातामा शनिबार बाहेक अर्को एक दिन बिदा दिने व्यवस्था गरिएको छ। यदि सो अनुसार बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

Advertisement Ads

उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई भनिएको छ।

download 6 https://bajarkochirfar.com/health-services-will-not-be-suspended-due-to-government-holidays-ministry-of-health-directs-hospitals-to-operate-on-sundays-as-well | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स