SHAREHUB SHAREHUB

सन्दीप लामिछानेले क्रिकेटबाट सन्यास लिएका हुन् त् ?

Advertisement Ads
सन्दीप लामिछानेले क्रिकेटबाट सन्यास लिएका हुन् त् ?
Advertisement Ads

नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्यास लिने संकेत गरेका छन्। गतराति आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले सबैप्रति आभार व्यक्त गर्दै यस्तो सन्देश साझा गरेका हुन्।

सन्दीपले सन्यासको बारेमा स्पष्ट रूपमा केही भनेका छैनन्, तर उनको सन्देशले क्रिकेटबाट अलग हुने संकेत गरेको देखिन्छ। उक्त पोस्टमा उनले सबैलाई धन्यवाद दिँदै आफ्नो यात्रामा निरन्तर साथ र समर्थन प्रदान गर्नेप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनका शुभचिन्तकहरूले समेत पोस्टमा प्रतिक्रिया जनाउँदै निवृत्त जीवन सफल रहोस् भन्दै शुभकामना दिएका छन्।

सन्दीपले फेसबुकमा लेखेका छन्, “धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरूले व्यक्त गर्न नसकिने गरी आभारी छु।”

हालै सम्पन्न जय ट्रफीमा सन्दीपले बागमतीको कप्तानी गरेका थिए। त्यसअघि सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानीसमेत सम्हालेका थिए।

download 2 https://bajarkochirfar.com/has-sandeep-lamichhane-retired-from-cricket | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स