गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिले बुधबार बसेको बैठकमा उक्त निर्णय गरेको हो।
यस अन्तर्गत हाल कायम चुक्तपुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको १४.२५ प्रतिशत बराबर १ करोड ६५ लाख ८ हजार ५५३.७५ रुपैयाँ बोनस सेयर वितरण गरिनेछ भने कर प्रयोजनार्थ ०.७५ प्रतिशत बराबर ८ लाख ६८ हजार ८७१.२५ रुपैयाँ नगद लाभांश प्रदान गरिनेछ।
संस्थाका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।


प्रतिकृया