ताप्लेजुङमा निर्माण हुने ३० मेगावाटको मध्य घुन्सा जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता



Advertisement
Ads

ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाट क्षमताको मध्य घुन्सा खोला जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ। सोमबार आयोजना प्रवर्द्धक एटलस इनर्जी प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्यले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन २२०/१३२ केभी हाङ्गपाङ्ग सब-स्टेसनमा जोडिनेछ। सोका लागि आयोजनाले ६.५ किलोमिटर लामो १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्नेछ। साथै, १३२/२२० केभी क्षमताको ट्रान्सफर्मर जडान गरी २२० केभीमा विद्युत् प्रवाह गरिनेछ।


Advertisement

फत्तालुङ गाउँपालिकामा निर्माण हुने यस आयोजना सन् २०२६ मा सुरु भई सन् २०२९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको ग्रस हेड १५८ मिटर, डिजाइन डिस्चार्ज २२.६, १७५० मिटर टनेल र २५० मिटर पेनस्टक पाइप रहनेछ। अर्धभूमिगत विद्युत् गृहमा १५.१२ मेगावाट क्षमताका दुई वटा टर्बाइन रहनेछन्। आयोजनाले वार्षिक १७५ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर