कतारका राजालाई भव्य स्वागत, तर आफ्नै पूर्वराजालाई स्वागत गर्न किन नहुने भन्दै एयरपोर्ट जान प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
कतारका राजालाई भव्य स्वागत, तर आफ्नै पूर्वराजालाई स्वागत गर्न किन नहुने भन्दै एयरपोर्ट जान प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह
Advertisement Ads

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शाहीले कतारका राजालाई स्वागत गर्न हुने तर नेपालका राजालाई स्वागत गर्न किन नहुने भन्दै प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ’सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौँ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु । कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन् ।’

SAMPLE https://bajarkochirfar.com/grand-welcome-for-the-king-of-qatar-but-why-shouldnt-we-welcome-our-own-former-king-an-appeal-to-the-prime-minister-by-gyanendra-shah | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स