विदेश जानेलाई बिना धितो लोन दिने कार्यविधि तयार गर्दै सरकार



Advertisement
Ads

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन व्यवसायीलाई इमान्दारीपूर्वक सेवा प्रवाह गर्न सुझाव दिएका छन्। वैदेशिक रोजगार बोर्ड सचिवालयद्वारा आयोजित ‘कानुनी–नैतिक भर्तीसम्बन्धी कार्यशाला गोष्ठी’मा उनले व्यवसायीहरूलाई नागरिकहरूको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे।

मन्त्री भण्डारीले वैदेशिक रोजगारको सेवा पारदर्शी बनाउनुका साथै नैतिक व्यवहार अवलम्बन गर्न व्यवसायीलाई आह्वान गरे। उनले आप्रवासी श्रमिकलाई अकाल मृत्यु र ऋणको पासोबाट बचाउन व्यवसायी जिम्मेवार बन्नुपर्ने बताए। वैदेशिक रोजगार प्रस्थान अघिपछि श्रमिकलाई तालिम दिने र सुसूचित बनाउने कार्यमा मन्त्रालय निरन्तर लागिरहेको जानकारी पनि उनले दिए। साथै, श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउन कार्यविधि तयार भइरहेको उनको भनाइ थियो।


Advertisement

“गत १६ वर्षमा १४ हजार नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। अहिले पनि खाडी मुलुकबाट फर्केका ४० प्रतिशत श्रमिक डायलासिसमा छन्,” मन्त्री भण्डारीले बताए। श्रमिकलाई यस किसिमका समस्याबाट बचाउन सरकार प्रयासरत रहेको भन्दै व्यवसायीहरूलाई पनि नैतिक बन्ने प्रतिबद्धता जनाउन आग्रह गरे।

मन्त्रालयले व्यवसायी र श्रमिकबीचका विचौलियाहरू हटाउन र सेवामा सुशासन कायम गर्न ‘डिजिटलाइजेसन’को प्रक्रिया अघि बढाएको उनले जानकारी गराए। उनले सरकारी निकायलाई सात दिनभित्र कुनै निर्णय नगरे कारबाहीको प्रावधान रहेको सुशासन ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्रहरू (कन्सल्टेन्सी)बाट विद्यार्थी भिसामा वैदेशिक रोजगारीका लागि पठाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। “जापान गएका ६० हजार नेपाली विद्यार्थीमध्ये वास्तविक विद्यार्थी पाँच हजार पनि छैनन्,” उनले भने।

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले व्यवसायीहरूलाई श्रमिकलाई झूठा आश्वासन बाँड्नबाट बच्न सचेत गराए। “श्रमिकले सम्झौताअनुसार काम र पारिश्रमिक पाउनु पर्‍यो। यसले व्यवसायीको सम्मान र हित बढाउँछ,” उनले भने।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर