प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ मन्त्री थप्ने तयारी गरेको छ। प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति भवन शीतल निवास पुगेको छ र आजै शपथ ग्रहण गराइने जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार कुमार इङ्नाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई नयाँ मन्त्रीका रूपमा सिफारिस गरिएको हो। इङ्नामलाई भूमि मन्त्रालय, चौलागाईंलाई वन मन्त्रालय, भण्डारीलाई श्रम मन्त्रालय र श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइनेछ। इङ्नाम अधिवक्ता हुन् भने चौलागाईं जनस्वास्थ्यविद् तथा ‘सपादलक्ष कर्णाली’ पुस्तकका लेखक पनि हुन्।
यसअघि १० सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका, वन, पर्यटन तथा श्रमसहित आठवटा मन्त्रालय स्वयं सम्हालेकी थिइन्। कार्यभार अत्यधिक भएर कामकारबाही ढिलो भइरहेको भन्ने आलोचना बढिरहेका बेला मन्त्रिमण्डल फेरि विस्तार गरिएको हो।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)




![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया