३ महिनासम्म कर्मचारीको वैदेशिक भ्रमण रोक्न सरकारको निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ११ गते
३ महिनासम्म कर्मचारीको वैदेशिक भ्रमण रोक्न सरकारको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी तीन महिनाका लागि कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सबै मन्त्रालय, आयोग तथा निकायलाई निर्देशन दिएको छ।

चैत १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा उक्त निर्देशन जारी गरिएको हो। प्रधानमन्त्री कार्यालयले कर्मचारीहरूको वैदेशिक भ्रमणले उक्त कार्यसूचीको कार्यान्वयनमा बाधा पुग्न सक्ने भएकाले भ्रमण रोक्नुपर्ने जनाएको छ।

जारी निर्देशनमा उक्त अवधिमा कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न स्पष्ट रूपमा अनुरोध गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स