सरकारले आजैदेखि फेसबुक,ट्विटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १९ गते
सरकारले आजैदेखि फेसबुक,ट्विटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने
AdvertisementAds

 सरकारले सूचीकरणका लागि सम्पर्कमा नभएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका स्रोतका अनुसार, बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्क नगरेका सबै प्लेटफर्म बन्द गर्ने निर्णय गरेको हो।

सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि सात दिनको समय दिएको थियो, जुन म्याद गएराति सकिएको थियो। यस अवधिमा पाँचवटा मात्रै प्लेटफर्म: टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ सूचीकरण प्रक्रियामा अघि बढेका छन्। बाँकी प्लेटफर्मलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणमार्फत पत्राचार गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स