नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला १२ हजार ५०० रूपैयाँले घटेर २ लाख ८२ हजार रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुनको मूल्य २ लाख ९४ हजार ५०० रूपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५५ रूपैयाँले घटेर ४ हजार ५४० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ८९५ रूपैयाँ थियो।


प्रतिकृया