आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै रिभर फल्सको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २६ गते
आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै रिभर फल्सको सेयर किन्न पाउने
Advertisement Ads

रिभर फल्स पावर लिमिटेडले १० लाख ३८ हजार ९२४ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत खुला गरेको छ। कम्पनीले गत भदौ २३ देखि असोज २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो, तर उक्त अवधिमा आवेदन नपरेका सेयरहरू लिलामीमा ल्याएको हो।

कम्पनीले उक्त सेयरहरूको बिक्री आवेदन आज (कात्तिक २६) गतेदेखि खुलेको जनाएको छ। यस लिलामीमा जोसुकै व्यक्ति, कम्पनी वा संस्था सहभागी हुन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदन दिंदा न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम रूपमा सम्पूर्ण लिलामी सेयरका लागि आवेदन दिन सकिनेछ।

आवेदन दिने अन्तिम म्याद मंसिर ३ गतेसम्म तोकिएको छ।

लिलामी फारम काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटल कार्यालयबाट लिन र त्यहीँ बुझाउन सकिनेछ। काठमाडौँ बाहिरका लगानीकर्ताले भने प्रभु बैंकका शाखाहरू—बिराटनगर, हेटौंडा, बिरगंज, पोखरा, सुर्खेत, बुटवल र धनगढीबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

Final Notice page 0001 https://bajarkochirfar.com/from-today-the-general-public-will-be-able-to-buy-shares-of-river-falls-for-just-rs-100-per-share | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स