ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले यही माघ २१ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेर १०० अंकित मूल्यमा १८ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। अब कम्पनीले कुल कित्ताको १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा लागि निष्काशन गर्नेछ।आईपीओमा श्रम स्वीकृति प्राप्त नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
केयर रेटिङ नेपालले ओम मेगाश्रीलाई केयर–एनपी बीबी माइनस (डबल बी माइनस) रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्काशन र बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)





![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)

![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया