डलरदेखि दिनारसम्म: विदेशी मुद्राको विनियमदर आज के भयो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २४ गते
डलरदेखि दिनारसम्म: विदेशी मुद्राको विनियमदर आज के भयो?

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। हिजो अधिकांश विदेशी मुद्राको विनिमय दर घटेको थियो भने, आज ती दरहरू लगभग स्थिर देखिएका छन्।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती दिनार र बहराइन दिनारसहित प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्री दरमा कुनै उल्लेखनीय परिवर्तन देखिएको छैन। अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसामा स्थिर रहेको छ, जुन हिजोको दर पनि यही थियो।

युरोको आजको खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा छ। यस्तै, पाउन्ड स्टर्लिङको खरिददर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा तोकिएको छ।

त्यस्तै, अस्ट्रेलियन डलरको खरिददर ८२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा छ। कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा रहेको छ भने बहराइन दिनारको खरिददर ३६० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८५ पैसा तोकिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स