नेपाली कांग्रेसका नेता तथा पूर्व उर्जामन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बिहान पक्राउ गरेको थियो। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका थिए, जसपछि घरभित्र नेपाली तथा विदेशी नोट जलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
उक्त घटनापछि जलेको रकमको विषयमा विभागले अनुसन्धान अगाडि बढाएको हो। यस क्रममा विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा तथा वरपरबाट खरानीसमेत सङ्कलन गरेको जनाएको छ।















प्रतिकृया