बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र “मानवताविरोधी अपराध” गरेको आरोपमा विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले हसिना, आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको हो। हसिना अहिले भारतमै छन् र अदालतमा अनुपस्थित रहेकी थिइन्। उनले आफूविरुद्ध आरोप अस्वीकार गर्दै सुनुवाइलाई “क्याङ्गरू कोर्ट”को संज्ञा दिएकी छिन्।
फैसला आउनुअघि अदालतमा मृतकका परिवार, वकिल र सञ्चारकर्मी सहित १०० भन्दा बढी मानिस उपस्थित थिए। आन्दोलनका क्रममा संयुक्त राष्ट्रको अनुमान अनुसार करिब १,४०० जनाको मृत्यु भएको थियो। अदालतले भिडिओ, अडिओ, समाचार सामग्री र मृतक परिवारसँगको अन्तर्वार्ता आधार मानी फैसला लिएको हो। हसिनाविरुद्ध हत्या, हत्या प्रयास, यातना र प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग गरेको अभियोग लगाइएको छ।
आईसीटी सन् २०१० मा सस्थापित भएको हो र सन् १९७१ को स्वतन्त्रता युद्धमा भएका अत्याचार छानबिन गर्ने उद्देश्य राखेको थियो। विपक्षीहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीलाई निस्तेज पार्ने माध्यम भएको आरोप पनि लगाउँदै आएका छन्।
(एजेन्सीहरुको सहयोगमा)















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया