नेपालका पेमेन्ट सेवा प्रदायकहरूको साझा मञ्चका रूपमा पेमेन्ट सेवा प्रदायक संघ नेपाल (PSPAN) गठन गरिएको छ। डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र वित्तीय क्षेत्रको विकासलाई बलियो बनाउन उद्देश्य राखेर स्थापना गरिएको यस संघको संस्थापक अध्यक्षमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी चयन भएका छन्। संघमा खल्तीका सिइओ विनय खड्का उपाध्यक्ष, सिटी पेका सिइओ विनय रेग्मी सचिव, र माई पेका सिइओ मनोज मेहता कोषाध्यक्षका रूपमा चयन भएका छन्।
संघको कार्यसमितिमा मोकोका सिइओ प्रणय राजभण्डारी, सेल पेका सिइओ पवन प्रधान, प्रभु पेका सिइओ विक्की शाही, मोरुकी सिइओ पुनम बस्नेत र हाम्रो पेका सिइओ शिशिर पोखरेल सदस्यका रूपमा रहेका छन्।
संघले डिजिटल भुक्तानी प्रणालीलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउनका लागि नीति निर्माण र सहकार्यलाई प्राथमिकता दिने जनाएको छ। सचिव विनय रेग्मीले संघलाई नेपालका सबै पेमेन्ट सेवा प्रदायकहरूको छाता संस्थाको रुपमा स्थापित गर्ने र भुक्तानी प्रणालीलाई अझ सवल र सुदृढ़ गर्नका निम्ती पहलीकरण गर्ने हेतुले संस्थाको स्थापना गरीएको भन्ने बताए ।


















प्रतिकृया