नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) घुँडाको गम्भीर चोटका कारण सिजनको बाँकी खेल गुमाउने भएकी छन्। अस्ट्रेलियाको ए–लिगमा न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी साम्बा गत शनिबार ब्रिसबेन रोअर विरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा दायाँ घुँडाको एसीएल टियर भएकी थिइन्। एमआरआई परीक्षणले उनको पुरानो एसीएल ग्राफ्ट पनि पुनः टियर भएको पुष्टि गरेको छ।
साम्बाले सन् २०२१ मा पनि दायाँ घुँडाको शल्यक्रिया गराएकी थिइन्। यस चोटका कारण उनी कम्तीमा ९–१२ महिना मैदान बाहिर रहनेछिन्। वेलिङ्टन फिनिक्सकी मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले साम्बा उत्कृष्ट खेलाडी मात्र नभई सबैले माया गर्ने व्यक्ति भएको बताउँदै टोली उनका चोटबाट दुःखी भएको बताएकी छिन्। साम्बासँग क्लबको दुई वर्षको सम्झौता रहेको छ।
क्लबले उनका स्थानमा नयाँ फरवार्ड खेलाडी खोजिरहेको छ, तर फ्रि एजेन्ट मात्र आबद्ध गर्न सकिनेछ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया