सोमबार फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का वार्षिक वित्तीय विवरण, लेखापरिक्षक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सभाले सेयरधनिहरूलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
त्यस्तै, स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने र आव २०८२/८३ का लागि N. B. S. M. & Associates, Chartered Accountants लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्ने निर्णय भएको थियो। साथै, विशेष प्रस्तावअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा सर्वसाधारणलाई सेयर निष्काशन गर्ने निर्णय पनि सभाले गरेको छ।













![इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-4-768x432.jpg)






प्रतिकृया