उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई बिचौलियाको प्रभावमा नपरी स्वतन्त्र र प्रभावकारी रूपमा काम गर्न स्पष्ट निर्देशन दिएका छन्। आइतबार सम्पन्न सेबोनको ३३औँ वार्षिकोत्सवको अवसरमा उनले पूँजीबजारलाई पारदर्शी, निष्पक्ष र सशक्त बनाउनेतर्फ विशेष ध्यान दिन आग्रह गरे।
अर्थमन्त्री पौडेलले पूँजीबजारलाई अर्थतन्त्रको ऐना भन्दै सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे। पछिल्ला दिनमा धितोपत्र बोर्डभित्र अनियमितता र अध्यक्ष श्रेष्ठमाथि जलविद्युत कम्पनीको आईपीओ स्वीकृतिमा अनियमिततासम्बन्धी आरोपहरू उठिरहेका बेला उनले सार्वजनिकरूपमा दिएको चेतावनीलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
उनले इन्साइडर ट्रेडिङ, अपारदर्शी कार्यप्रणाली तथा अनावश्यक टीकाटिप्पणी रोक्न सेबोनले कडाइका साथ काम गर्नुपर्नेमा जोड दिए। साथै, नीतिगत प्रक्रिया पारदर्शी बनाउनुपर्ने, बिचौलियाको फन्दाबाट टाढा रहनुपर्ने, नियामकको भूमिका केवल औपचारिक नभई प्रभावकारी बनाउनुपर्ने सुझाव उनले दिएका थिए।
कार्यक्रममा अर्थमन्त्रीले अध्यक्ष श्रेष्ठलाई “हात बाँधेर नबस्न” आग्रह गर्दै, जिम्मेवार रूपमा काम गरेर देखाउनुपर्ने बताए। दोष गर्नेलाई कारबाही गर्न र राम्रो काम गर्नेलाई प्रोत्साहन दिन पनि उनले निर्देशन दिए।
उनले पूँजीबजारको दिगो विकास सरकारको प्राथमिकता भएको उल्लेख गर्दै, आगामी आर्थिक वर्षको बजेटमा पूँजीबजारको पुनर्संरचनाका लागि विशेष कार्ययोजना प्रस्तुत गरिएको जानकारी दिए। नेप्सेको संरचना परिवर्तन र साना लगानीकर्ताको हित सुरक्षित गर्न सेबोनले ठोस कदम चाल्नुपर्नेमा पनि उनको स्पष्ट निर्देशन थियो।




![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया