नयाँ सरकार गठन भएदेखि नै सेयर बजारमा उच्च गिरावट देखिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरोकारवालाहरु संग संवाद अघि बढाएका छन्। पहिलो चरणमा स्टक ब्रोकरहरुसंग अर्थमन्त्रीले छलफल गरेका छन्। अर्थ मन्त्रालय आफैले ब्रोकरहरुलाई छलफलका लागि डाकेको थियो। चरणवद्ध रुपमा अन्य सरोकारवाला हरुसंग पनि छलफल गरिने र यस अघि पूंजी बजारको सुधार र विस्तारका लागि गठन भएका अध्ययन समितिहरुले दिएका सुझावहरु प्राथमिकताका आधारमा तत्काल कार्यन्वयनमा लैजाने कार्ययोजना रहेको अर्थमन्त्रालय स्रोतले बजारको चिरफारलाई बतायो।
ब्रोकरसंगको छलफलमा अर्थमन्त्रीले के भने ?
व्यवसायीहरुलाई धरपकड गरिएको भन्ने संदेश गएको विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डा. वाग्लेले पहिलेदेखि नै अनुसन्धानका क्रममा रहेका व्यवसायीहरुलाई राज्यका निकायहरुले कानूनी प्रक्रिया अनुसार काम कारवाही अघि बढाएको र व्यवसायीहरुलाई अनावश्यक धरपकड गर्ने सरकारको कुनै नियत नरहेको बताएका थिए। मुलुकलाई ग्रे लिष्टबाट छिटो निकाल्न पनि यस्ता कारवाहीहरु गरिनुपर्ने पनि अर्थमन्त्रीले स्पष्ट पारेका थिए।
सेयर बजारमा हुने कारोबारहरु बैंकिंग प्रणालीबाट हुने गरेको र अत्यन्तै पारदर्शी भएको विषयमा आफू जानकार रहेको बताउँदै अन्य सबै क्षेत्रलाई पनि डिजिटलाइज्ड गरि सेयर बजार जस्तै पारदर्शी बनाउने योजना सरकारको रहेको कुरा सो अर्थमन्त्रीले सो छलफलका क्रममा बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रमा उल्लेख भए झैँ सरकार सेयर बजारको सुधार र विकास हुनुपर्छ भन्ने पक्षमा रहेको र सो सम्बन्धी काम तत्काल अघि बढाउने प्रतिवद्धता पनि अर्थमन्त्रीले जनाएको छलफलमा सहभागी एक स्टक ब्रोकरले बजारको चिरफार लाई बताए।
‘तपाईंहरु ढुक्कसंग आफ्नो काम गर्नुहोस्। सरकार अनावश्यक धरपकडको पक्षमा छैन। तपाईंहरु आम लगानीकर्तासंग जोडिएर काम गर्ने भएकाले सरकार पूंजी बजारप्रति सकारात्मक छ भने संदेश प्रवाह गरिदिनुहोला’, अर्थमन्त्रीको भनाई उधृत गर्दै क्रिष्टल कन्चनजंघा सेक्युरिटिज (ब्रोकर नम्बर ५०) का संचालक प्रियराज रेग्मीले बजारको चिरफारलाई बताए।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया