अर्थमन्त्री पाैडेल भन्छन्, “पुँजिगत खर्च किन थोरै भयो भनेर कारण खाेज्दै छौँ”



Advertisement
Ads

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्च कम हुनुका कारणबारे सरकार अध्ययनरत रहेको बताएका छन्। बिहिबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पुँजीगत खर्च बढाउने प्रतिबद्धता जनाउँदै सरकार अर्थतन्त्र सुधारको दिशामा अघि बढिरहेको दाबी गरे।

उनका अनुसार सरकार उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, र पुँजीगत खर्चको तीव्रता बढाउने उद्देश्यसहित नीतिगत पहल गरिरहेको छ। ‘ओरालो लागेको अर्थतन्त्रलाई सुधारतर्फ लैजान सरकार कटिबद्ध छ। राजस्व संकलनलाई तीव्र बनाउँदै उत्पादन वृद्धिमा विशेष ध्यान दिन आवश्यक छ,’ पौडेलले भने।


Advertisement

उनले सरकारले खर्च व्यवस्थापन सुधार गर्दै पुँजीगत खर्च बढाउने कदम चालेको जानकारी गराए। साथै, ऋण लिने निर्णयमा सरकार अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै उनले भने, ‘ऋण लिँदा सचेत हुन जरुरी छ, र सरकार यसमा गम्भीर छ।’

पुँजीगत खर्च अर्थतन्त्रलाई गति दिने प्रमुख साधन भएकाले यसलाई प्राथमिकतामा राखिएको पौडेलको भनाइ छ। यसका लागि नीतिगत सुधारसहित सरकार अघि बढिरहेको उनले बताए।

निजी क्षेत्रको माग सम्बोधन गर्दै सरकार लगानीकर्ताको मनोबल बढाउन सफल भएको पौडेलले दाबी गरे। उनले सरकारले ल्याएको अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याएको उल्लेख गर्दै भने, ‘निराशा हटाउन सरकारले अध्यादेश ल्याएको हो।’

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर