अर्थमन्त्री पौडेलले भने, “हामी कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २० गते
अर्थमन्त्री पौडेलले भने, “हामी कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ”

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को उद्घाटन गर्दै उनले पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको उल्लेख गर्दै व्यवसायीहरूलाई निराश नहुन आग्रह गरे।

मन्त्री पौडेलले सरकार गठनपछि नागरिकमा आशा जागेको बताउँदै उद्योगी व्यापारी, मजदुर, र किशोरकिशोरीका समस्या समाधान हुने विश्वास व्यक्त गरे। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रकै गौरवको रूपमा चित्रण गर्दै उनले यसको पूर्ण क्षमताका लागि थप टर्मिनल भवन निर्माण आवश्यक रहेको बताए।

साथै, भैरहवालाई समुन्नत र आधुनिक सहरका रूपमा विकास गर्ने सरकारको योजना रहेको स्पष्ट पार्दै उनले निर्माणाधीन आयोजनामा निराशा फैलाउन खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। बुटवल–नारायणगढ सडकको समस्याको समाधानका लागि सम्बन्धित देशसँग समन्वय भइरहेको जानकारी पनि उनले दिए। नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स