नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्य समितिका लागि उद्योग व्यवसायीले भटाभट उम्मेदवारी घोषणा गर्न थालेका छन्। चैत २८ र २९ गते काठमाडौंमा हुने अधिवेशनले महासंघको विधानअनुसार अध्यक्षमा अञ्जन श्रेष्ठलाई स्वतः निर्वाचित गर्ने छ भने अन्य पदका लागि उम्मेदवारी जारी छ।
यसबीच महासंघको एसोसिएट उपाध्यक्ष पदका लागि सिटिजन बैंकका अध्यक्ष तथा लोमस ग्रुपका सञ्चालक प्रवलजंग पाण्डेले उम्मेदवारी दाबी गरेका छन्। लामो समयदेखि महासंघको राजनीतिमा सक्रिय रहेका पाण्डे अघिल्लो निर्वाचनमा पनि उपाध्यक्ष पदका लागि दाबी गरेका थिए, तर टिम व्यवस्थापनका कारण त्यतिबेला प्रतिस्पर्धा गर्न सकेका थिएनन्।
पाण्डेले महासंघमा तीन कार्यकाल कार्यकारी सदस्यको जिम्मेवारी सम्हालेका छन् र उनी पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन्।
इन्जिनियर पृष्ठभूमिका पाण्डे व्यवसायमा प्रवेश गर्नु अघि नेपाल टेलिकममा कार्यरत थिए र औषधि उत्पादक लोमस ग्रुप, सिमेन्ट, बैंक र बीमा लगायतका क्षेत्रमा लगानीकर्ता हुन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया