एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंक भित्रियो भारतीय बजारमा, एयरटेलसँग गर्यो सम्झौता

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २८ गते
एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंक भित्रियो भारतीय बजारमा, एयरटेलसँग गर्यो सम्झौता
AdvertisementAds

एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंक भारतीय बजारमा भित्र्याएको छ । मस्कको कम्पनी स्पेसएक्स र एयरटेलबीच भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौता भएसँगै स्टारलिंकको भारतीय बजारमा प्रवेश भित्र्याएको हो । एयरटेलले मंगलबार सूचना जारी गर्दै यस सम्झौताको बारेमा जानकारी दिएको छ ।

एयरटेलले यो सम्झौता भारतका ग्रामीण र दुर्गम क्षेत्रमा सस्तो स्याटलाइट इन्टरनेट सेवा पुर्‍याउन केन्द्रित रहेको बताएको छ। भारतको करिब ४०% जनसंख्याले अझै इन्टरनेट पहुँच पाउन सकेका छैनन्, जसलाई सुधार गर्न स्याटलाइट ब्रडब्यान्ड सेवाको आवश्यकता रहेको उल्लेख गरिएको छ।

सम्झौताअनुसार एयरटेल र स्पेसएक्सले स्टारलिंक सेवाहरूको प्रभावकारिता र एयरटेलको सेवा सुधारका लागि सहकार्य गर्नेछन्। भारतीय बजारमा एयरटेलको अनुभवले स्पेसएक्सलाई आफ्ना ग्राहकहरू र व्यवसायहरूलाई अझ प्रभावकारी सेवाहरू प्रदान गर्न मद्दत गर्ने विश्वास गरिएको छ। तर, यो सेवा सुरु गर्न भारत सरकारको स्वीकृति आवश्यक पर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स