एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंक भित्रियो भारतीय बजारमा, एयरटेलसँग गर्यो सम्झौता
एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंक भारतीय बजारमा भित्र्याएको छ । मस्कको कम्पनी स्पेसएक्स र एयरटेलबीच भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौता भएसँगै स्टारलिंकको भारतीय बजारमा प्रवेश भित्र्याएको हो । एयरटेलले मंगलबार सूचना जारी गर्दै यस सम्झौताको बारेमा जानकारी दिएको छ ।
एयरटेलले यो सम्झौता भारतका ग्रामीण र दुर्गम क्षेत्रमा सस्तो स्याटलाइट इन्टरनेट सेवा पुर्याउन केन्द्रित रहेको बताएको छ। भारतको करिब ४०% जनसंख्याले अझै इन्टरनेट पहुँच पाउन सकेका छैनन्, जसलाई सुधार गर्न स्याटलाइट ब्रडब्यान्ड सेवाको आवश्यकता रहेको उल्लेख गरिएको छ।
सम्झौताअनुसार एयरटेल र स्पेसएक्सले स्टारलिंक सेवाहरूको प्रभावकारिता र एयरटेलको सेवा सुधारका लागि सहकार्य गर्नेछन्। भारतीय बजारमा एयरटेलको अनुभवले स्पेसएक्सलाई आफ्ना ग्राहकहरू र व्यवसायहरूलाई अझ प्रभावकारी सेवाहरू प्रदान गर्न मद्दत गर्ने विश्वास गरिएको छ। तर, यो सेवा सुरु गर्न भारत सरकारको स्वीकृति आवश्यक पर्ने बताइएको छ।