निर्वाचन अपडेट : अब बन्ने सरकारलाई थप जिम्मेवार बनाएको छ: कांग्रेस

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : अब बन्ने सरकारलाई थप जिम्मेवार बनाएको छ: कांग्रेस

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली जनताको निष्ठा र प्रतिबद्धता पुनः प्रष्ट भएको बताएका छन्।

निर्वाचन सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै उनले मतदानमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति गहिरो विश्वास पुष्टि गरेको छ भने अर्कोतर्फ राजनीतिक दल र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ।”

केही क्षेत्रमा भएका छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै उनले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्। साथै निर्वाचन सफल बनाउन खटिएका कर्मचारी र सुरक्षा निकायप्रति पनि उनले आभार व्यक्त गरेका छन्।

643606687 952135894017576 6300859047212150513 n https://bajarkochirfar.com/election-update-the-new-government-has-been-made-more-responsible-congress | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स