नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का उम्मेदवार गगनकुमार थापाले सर्लाहीका विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरेका छन्। काठमाडौं–४ मा बिहान मतदान गरेपछि उनी सर्लाही पुगेर मतदान केन्द्रहरूको निरीक्षणमा निस्किएका हुन्।
मैतीदेवीस्थित काठमाडौं–४ को मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले अवसर पाए पाँच वर्ष सुशासनका लागि काम गर्ने बताएका थिए।
सर्लाही पुगेपछि उनले मधेशमा आएर आफूले राजनीतिक रूपमा पूर्णता पाएको अनुभव भएको बताएका छन्। पहाड र काठमाडौंका विषयमा जानकारी भए पनि मधेशबारे सिक्ने अवसर सर्लाही–४ ले दिएको उनको भनाइ छ।
थापाले सर्लाहीको अवस्था निकै गम्भीर रहेको उल्लेख गर्दै सुधारका काम पहिलो वर्षदेखि नै सुरु गर्ने वचन दिएका छन्। सिमानाबाट मल ल्याउँदा भित्रैबाट बल प्रयोग गर्नुपर्ने अवस्था रहेको कुरा आफूले सर्लाहीमै आएर बुझ्न पाएको उनले बताए।
त्यस्तै, उखु किसानको अनुदान कटौती जस्ता विषयको वास्तविकता पनि सर्लाहीमै आएर बुझ्न पाएको उनले बताएका छन्। सरकारमा बस्दा अरू क्षेत्रको बजेट कटौती गरेर भए पनि मधेशका दलितहरूको घर सुधार गर्ने काम पहिलो वर्षमै गर्ने प्रतिबद्धता उनले जनाए।
“अरबौँ पैसा लागोस्, बरु मन्त्रालयको बजेट घटाऔँ। तर मधेशका दलितहरूको घर फेरिने काम सुरु गर्छौँ,” उनले भने। साथै, अहिले पनि धेरै मानिस अत्यन्त कठिन अवस्थामा बसिरहेको देख्दा आफूलाई लाज लागेको उनले उल्लेख गरे।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया