instainsta

निर्वाचन अपडेट : दोलखामा ५६ बुक मतपत्र गायब, मतदान सुरु हुन सकेन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : दोलखामा ५६ बुक मतपत्र गायब, मतदान सुरु हुन सकेन
AdvertisementAds

दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट ५६ बुक मतपत्र गायब भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार बिहान मतदान सुरु भएपछि मतदानस्थलमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि स्थिति तनावपूर्ण बनेको छ र मतदान अझै सुरु हुन सकेको छैन।

सर्वदलीय बैठकले मतदान पुनः सुरु गर्ने सहमति गरे पनि मतपत्र हराएपछि प्रक्रिया रोकिएको हो।

निर्वाचन आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएका मतपत्रलाई मुचुल्का गरेर गणनामा नलिने गरी मतदान सुरु गर्न प्रस्ताव गरेका थिए। तर दलका प्रतिनिधिहरूले त्यसमा सहमति जनाएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स