नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हालको आर्थिक समस्याका लागि मौद्रिक र आर्थिक नीतिलाई मात्र दोष दिन मिल्ने नभएको बताएका छन्। उनले समस्या मुख्यतया गैर-आर्थिक कारणले उत्पन्न भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रले प्रयास गर्नुपर्नेमा जोड दिए।
गभर्नर अधिकारीले खाली घर-जग्गा, गाडी, र सेयरमा केन्द्रित भएर मात्र अर्थतन्त्र चल्न नसक्ने बताए। उनले भने ‘सधैँ घरजग्गा, गाडी र सेयरको पछि लागेर हुँदैन, गैर मौद्रिकको कारण बिग्रिएको अर्थतन्त्र सुधार गर्न सबै लाग्नुपर्ने बताए । उनले साउनमा जारी मौद्रिक नीतिहरू कार्यान्वयनमा पूर्ण रूपमा नआएका कारण राष्ट्र बैंकले ती नीतिहरूलाई परिमार्जन गर्दै जाने स्पष्ट पारेका छन्।
साथै, बैंकिङ क्षेत्रमा देखिएको चुनौतीको सन्दर्भमा, उनले संस्थापकहरुलाई आत्तिएर सेयर नबेच्न सुझाव दिएका छन्। अधिकारीले अर्थतन्त्र एकचोटि स्थिर रफ्तारमा नचल्ने र यो एउटा चक्र भएको उल्लेख गर्दै सुधारको लागि दीर्घकालीन रणनीतिमा ध्यान दिनुपर्ने बताए।




















प्रतिकृया