तीनकुने घटनाका कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २९ गते
तीनकुने घटनाका कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गरिने
File Photo

तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई म्याद दिएको हो।

प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिनकै लागि हिरासतमा राख्न अनुमति दिइएको छ। प्रहरी प्रशासनले दुवैलाई कम्तीमा १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुरोध गरेको थियो, जसलाई अदालतले स्वीकृति दिएको हो।

यसअघि चैत २६ गते सोही प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पनि अदालतले १५ दिनको म्याद दिएको थियो। प्रसाईं र खड्काको म्याद सोहीअनुसार मिलान गर्न १२ दिनको समय माग गरिएको प्रहरीले जनाएको छ।

भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आजै काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स