काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको सांस्कृतिक र मौलिकता जोगाउन आउँदो वैशाख ५ गतेदेखि प्रत्येक शनिवार गाडी प्रवेश निषेध गर्ने निर्णय गरेको छ। कार्यवाहक मेयर सुनिता डङ्गोलको अध्यक्षतामा सरोकारवालासहितको बैठकले यो निर्णय गरेको हो।
प्रारम्भमा यो व्यवस्था चैत २८ गतेदेखि लागू गर्ने निर्णय भए पनि तयारीमा सहजता र कमजोरी नहोस् भनेर एक हप्ता पछि सारिएको हो। मेयर डङ्गोलका अनुसार, असन क्षेत्र “भेहिकल फ्री” बनाएर यहाँको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु महानगरपालिकाको दायित्व हो। असनमा सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक, सामाजिक तथा व्यापारिक गतिविधिहरू सञ्चालन हुने भएकाले यस क्षेत्रको संरक्षण आवश्यक छ।
भेहिकल फ्री असन कार्यक्रम अन्तर्गत वडा नम्बर २७ को कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म, र महाबौद्धबाट असनसम्मका क्षेत्रहरूमा हरेक शनिवार गाडी प्रवेशमा रोक लगाइनेछ। साथै, असन हुँदै आउजाउ गर्नुपर्ने गाडीका लागि वैकल्पिक मार्ग उपलब्ध गराइनेछ। महानगरपालिकाले असन क्षेत्रलाई सम्पदा मार्गको रूपमा विकास गर्दै स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने योजना बनाएको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया