SHAREHUBSHAREHUB

म्याग्दीमा डा. महाविर पुन २२ हजार ८५० मतसहित विजयी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २३ गते
AdvertisementAds
म्याग्दीमा डा. महाविर पुन २२ हजार ८५० मतसहित विजयी
AdvertisementAds

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत पाएका छन्।

त्यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्।

म्याग्दीमा कुल ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।

डा. पुन आफ्नो जन्मथलोबाट निर्वाचन लडेका थिए र उनले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत पहल गर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउने प्रतिबद्धता आफ्नो चुनावी म्यानिफेस्टोमा राखेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स