व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने डोनाल्ड ट्रम्पको घोषणा, कुन देशलाई कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २१ गते
व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने डोनाल्ड ट्रम्पको घोषणा, कुन देशलाई कति ?
AdvertisementAds

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सबै उत्पादनहरूमा नयाँ आयात कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। ट्रम्पले आर्थिक, व्यापारिक, राजनीतिक तथा रणनीतिक साझेदार युरोपियन युनियन (ईयू) र चीनलाई लक्षित गर्दै १० देखि ५० प्रतिशतसम्म नयाँ आयात शुल्क लागु गर्ने घोषणा ओभल अफिसबाट गरेका हुन्। यो नियम आगामी अप्रिल ५ देखि लागू हुनेछ।

ट्रम्पले आफ्नो घोषणालाई ‘लिबरेशन डे रिसिप्रोकल ट्यारिफ’ (स्वतन्त्रता/मुक्ति दिवस पारस्परिक ट्यारिफ) नाम दिएका छन्। बीबीसीका अनुसार, यो निर्णय दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापारमा आएको सबैभन्दा ठूलो परिवर्तन हो। ट्रम्पले अनुचित व्यापार नीति अपनाउने केही देशहरूमाथि थप शुल्क लगाउने घोषणा पनि गरेका छन्, जसमा चीन, युरोपेली संघ, भियतनाम, जापान, भारत लगायतका देशहरू परेका छन्।

नयाँ आयात करको दर फरक-फरक रहनेछ। थाइल्यान्डलाई ३६ प्रतिशत, चीनलाई ३४ प्रतिशत, दक्षिण कोरियालाई २५ प्रतिशत, इन्डोनेसियालाई ३२ प्रतिशत, युरोपेली संघलाई २० प्रतिशत, ताइवानलाई ३२ प्रतिशत, स्वीटजरल्यान्डलाई ३१ प्रतिशत, मलेसियालाई २४ प्रतिशत, भियतनामलाई ४६ प्रतिशत, जापानलाई २४ प्रतिशत र भारतलाई २६ प्रतिशत शुल्क लाग्नेछ। यी दरहरू अप्रिल ९ देखि लागु हुने बताइएको छ।

अमेरिकी प्रशासनका अनुसार, पारस्परिक आयात शुल्क लगाउनुको मुख्य कारण अन्तर्राष्ट्रिय व्यापारमा अन्य देशहरूले अमेरिकाविरुद्ध अपनाएको अनुचित नीति हो। केही देशहरूले अमेरिकी सामानमा लगाउने करको दर अमेरिकाले ती देशहरूबाट आयात गर्ने सामानमा लगाउने करको दरभन्दा धेरै रहेको ट्रम्प प्रशासनको दाबी छ।

ट्रम्पले विदेशमा निर्मित सबै कार तथा सवारीसाधनमा २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्, जुन स्थानीय समयअनुसार बुधबार मध्यरातिबाट लागु हुनेछ। ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित समारोहमा एक घण्टा लामो सम्बोधन गर्दै उनले यसलाई ‘मुक्ति दिवस’को संज्ञा दिए र अमेरिकामा नयाँ आर्थिक युगको सुरुआत भएको बताए।

सम्बोधनपछि ट्रम्पले दुई कार्यकारी आदेशमा हस्ताक्षर गरे, जसअन्तर्गत पारस्परिक शुल्क कार्यान्वयन गर्ने र चिनियाँ उत्पादनहरूलाई दिइँदै आएको शुल्क छुट हटाउने व्यवस्था गरिएको छ।

यो घोषणापछि विश्वभरका नेताहरूले चिन्ता व्यक्त गरेका छन्। विश्लेषकहरूका अनुसार, ट्रम्पको व्यापार युद्धले अमेरिकी उपभोक्ताहरूका लागि महँगी बढाउने र अमेरिकाको आर्थिक वृद्धिमा असर पार्न सक्छ। साथै, केही देशहरू आर्थिक मन्दीमा जाने सम्भावना पनि रहेको छ।

राष्ट्रपति ट्रम्पको नयाँ शुल्क घोषणापछि अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स