राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्वको विषयलाई लिएर तीव्र विवाद देखिएको छ। प्रतिनिधि सभा निर्वाचनमा भोगेको हारको समीक्षा नेतृत्वले नगरेको आरोप लगाउँदै पार्टीका महामन्त्रीसहित ११ जना नेताहरूले महाधिवेशनको माग गरेका छन्।
उनीहरूले अध्यक्ष राजेन्द्र लिङ्देनले विकल्प खोज्नुपर्ने भन्दै एक हप्ताभित्र महाधिवेशनको मिति तोक्नुपर्ने अडान राखेका छन्।
उनीहरूको मागअनुसार सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्न निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ। साथै, एक हप्ताभित्र महाधिवेशनको मिति घोषणा गर्नुपर्ने र एकता महाधिवेशनपछि भएका विधान तथा अनुशासन विपरीतका गतिविधिहरूको छानबिन गर्न छुट्टै समिति गठन गरी आगामी महाधिवेशनमा प्रतिवेदन पेस गर्नुपर्ने निर्णय पनि गरिएको छ।


प्रतिकृया