सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ आवेदन मिति परिवर्तन गर्दै फागुन ५ गतेबाट खुल्ने गरी तोकेको छ। प्रारम्भमा यो मिति फागुन ४ गते तय गरिएको थियो, तर रिज लाइन इनर्जी लिमिटेडको आईपीओ समयसँग जुध्ने भएपछि सिडिएस एण्ड क्लियरिङ्गको पत्रका आधारमा कम्पनीले मिति १ दिन पछि सार्नु परेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्नेछ। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
निष्काशन खुल्ला मिति एक दिन पछि सरेसँगै बन्द हुने मितिहरू पनि सरेका छन् जस अनुसार छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गते बन्द हुनेछ।
केयर रेटिङ्ग नेपालले सुपर खुदी हाइड्रोपावरलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ र लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया