विशेष महाधिवेशनविरुद्धको रिट खारेज भएपछि छलफलमा देउवा समूह

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ६ गते
विशेष महाधिवेशनविरुद्धको रिट खारेज भएपछि छलफलमा देउवा समूह

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्का पक्ष काठमाडौंमा छलफलमा जुटेका छन्।

सर्वोच्च अदालतले विशेष महाधिवेशनविरुद्ध देउवा–खड्का समूहले दायर गरेको रिट खारेज गरेपछि पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल तीव्र बनेको हो। सोही विषयलाई लिएर शनिबार र आइतबार लगातार छलफल भएको छ।

शनिबार खड्काको निवास गोल्फुटारमा छलफल भएकोमा आइतबार धुम्बाराहीमा बैठक बसेको बताइएको छ।

छलफलमा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मिनबहादुर विश्वकर्मा, रामहरि खतिवडा लगायतका नेताहरू सहभागी थिए।

अदालतको पछिल्लो फैसलाले कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ मोड ल्याएको विश्लेषण गरिएको छ। देउवा–खड्का पक्षले आगामी रणनीति तय गर्न बैठक केन्द्रित गरेको बुझिएको छ।

यद्यपि उनीहरूले अदालतको फैसला स्वीकार गर्दै त्यसअनुसार अघि बढ्ने बताइसकेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स