सरकारी कर्मचारीका लागी साइबर सुरक्षा ‘एड्भाइजरी’ जारी, कर्मचारीहरूले अब केके गर्नुपर्छ?



Advertisement
Ads

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एक ‘एड्भाइजरी’ जारी गर्दै सरकारी कार्यालयहरूको सूचना प्रणालीको पासवर्ड हरेक तीन महिनामा परिवर्तन गर्न, संवेदनशील छलफलमा मोबाइल फोन बाहिर राख्न, कार्यालयका कम्प्युटरमा कुनै पनि गेम इन्स्टल नगर्न र अन्य सुरक्षा उपायहरू अपनाउनुपर्ने निर्देश दिएको छ।


Advertisement

सरकारी वेबसाइटहरूमा सुरक्षा फ्रेमवर्क लागू गर्न, डेटा ब्याकअप र अडिट गर्न, इमेल र फिसिङ आक्रमणबाट जोगिन उपायहरू लागू गर्नुपर्ने उल्लेख छ। यसका अलावा, कर्मचारीहरूलाई सुरक्षा नीति अनुसार पासवर्ड व्यवस्थापन र नेटवर्क सेग्मेन्टेसनको व्यवस्था गर्न पनि भनिएको छ।


Advertisement

पछिल्लो समयमा सरकारी वेबसाइटहरूमा अनधिकृत प्रवेशका घटना बढ्दै गएका छन्, जसले गर्दा सरकारको सुरक्षा प्रणाली कमजोर भएको आलोचना गरिएको छ।

यहाँ क्लिक गरेर हेर्नुहोस् पुरा सूचना

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर