वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि क्रेष्ट माइक्रो लाइफको आइपीओ: आजबाट भर्न सकिने
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज माघ १५ गतेदेखि आइपीओ आजबाट बिक्री खुला गरेको छ ।कम्पनीले माघ ३ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो ।
जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज देखि खुला भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ