प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम समयमा नै सम्पन्न गर्ने बताएका छन्। शुक्रबार फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान भएपछि सामाजिक सञ्जाल फेसबुकमा ओलीले सो कार्य समयमा नै पूरा हुने बताएका हुन्।
क्रिकेट हाम्रो युवा समाजको प्राण भएको र आफूले प्रधानमन्त्रीको शपथ लिएको पहिलो दिन नै त्रिवि क्रिकेट मैदान सुविधासम्पन्न बनाउने निर्णय गरेको पनि ओलीले स्मरण गरेका छन्। ‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो। क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं। यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्का सहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौँ। त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनु भएको थियो। जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढी समय लाग्यो। त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो’ उनले भनेका छन्।
ओलीले समयमा नै निर्माण कार्य सम्पन्न गर्नका लागि सबैले आवश्यक सुझाव र खबरदारी गर्न पनि अनुरोध गरेका छन् । ‘आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ। अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ। यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहने छ। काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु’ उनले भनेका छन्।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया