८ महिनामा वाणिज्य बैंकहरुले कमाए साढे ४३ अर्ब रुपैयाँ नाफा

८ महिनामा वाणिज्य बैंकहरुले कमाए साढे ४३ अर्ब रुपैयाँ नाफा
Advertisement Ads

चालु आर्थिक वर्षको ८ महिना फागुन मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.८१ प्रतिशतले बढी हो। गत वर्ष यस अबधिमा बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए।

यस अबधिमा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकले ४ अर्ब ७२ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ।

यस अवधिमा ११ बैंकहरुको नाफा बढेको छ, भने ९ वटाको नाफामा गिरावट आएको छ।

नेपाल बैंकको नाफा गत बर्षको तुलनामा १३२.९० प्रतिशतले बढेर २ अर्ब ९८ करोड रुपैया पुगेको छ। यस्तै प्रभु बैंकको ३९.६५ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैया पुगेको छ।

त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ४५.६८% ले, र एनएमबी बैंकको नाफा ४१.११% ले वृद्धि भएको छ।

यता, कृषि विकास बैंकको नाफा ६२.६६ प्रतिशतले घटेर ७३ करोड ८० लाख रुपैयाँमा सिमित भएको छ।

नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाउदा कृषि विकास बैंक सबैभन्दा थोरै नाफा कमाउने बैंक बनेको छ।

Copy of BANK INTEREST RATE https://bajarkochirfar.com/commercial-banks-earned-a-profit-of-rs-43-5-billion-in-8-months | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स