सिटिजन्स क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले भदौ ११ गते बसेको बैठकमा गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १६ प्रतिशत अर्थात् ३ करोड २० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
लाभांश पारित गर्न कम्पनीले असोज २ गते बिहान ११ बजे द लअन, झम्सिखेल, ललितपुरमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पेश गरिनेछ भने आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी निर्णय पनि गरिनेछ।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया