सिटिजन्स सेयर ब्रोकर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १५.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। साउन २० गते बसेको सञ्चालक समितिको बैठकले करसहित ३ करोड १५ लाख ७८ हजार ९४७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले भदौ १३ गते बिहान ८ बजे ललितपुर, कुपण्डोलस्थित प्रधान कार्यालयमा तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
त्यसैगरी, कम्पनीको नियमावलीअनुसार सञ्चालक नियुक्ति अनुमोदन र प्रबन्ध पत्रमा आवश्यक संशोधनसम्बन्धी प्रस्तावहरू पनि सभाबाट पारित गरिनेछ।






![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया