चीनले तिब्बतमा विश्वकै ठूलो जलविद्युत् बाँध बनाउँदै, थ्री गर्जेज भन्दा ३ गुणा बढी बिजुली निकाल्ने

चीनले तिब्बतमा विश्वकै ठूलो जलविद्युत् बाँध बनाउँदै, थ्री गर्जेज भन्दा ३ गुणा बढी बिजुली निकाल्ने

चीनले तिब्बतको यारलुङ साङ्गपो नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण गर्ने घोषणा गरेको छ। यस परियोजनाका लागि करिब १३७ अर्ब अमेरिकी डलर खर्च गरिने चीनको योजना छ। यो बाँधबाट ३०० अर्ब युनिट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएको छ, जुन वर्तमान थ्री गर्जेज बाँधको उत्पादन क्षमताको तुलनामा तीन गुणा बढी हो।

यारलुङ साङ्गपो नदी तिब्बतबाट भारत र बंगलादेशतर्फ बग्ने प्रमुख नदी हो, जसलाई भारतमा ब्रह्मपुत्र र बंगलादेशमा पद्मा भनेर चिनिन्छ। बाँध निर्माणले भारतको उत्तरपूर्वी राज्य र बंगलादेशको तल्लो तटीय क्षेत्रको पानीको बहाव, पारिस्थितिक सन्तुलन, र बस्तीहरूमा असर पर्ने आशंका गरिएको छ।

चीनले भने परियोजना वातावरणमैत्री हुने र यसले कसैलाई हानि नपुर्‍याउने दाबी गरेको छ। परियोजना सम्पन्न भएपछि यसले चीनको “कार्बन पिकिङ” र “कार्बन तटस्थता” लक्ष्य पूरा गर्न मद्दत गर्नेछ। साथै, तिब्बतमा रोजगारी सिर्जना र इन्जिनियरिङ क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

तर बाँध निर्माणले कति मानिस विस्थापित हुन्छन्, जमिनको कति क्षेत्रफल ओगट्छ, र पर्यावरणमा कस्तो असर पर्छ भन्नेबारे विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन। चीनको यस महत्वाकांक्षी परियोजनाले जलविद्युत् क्षेत्रमा ऐतिहासिक फड्को मार्नेछ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स