चीनमा आज फेरि भूकम्प गयो
चीनमा बुधबार फेरि भूकम्प गएको छ। उत्तर-पश्चिमी क्षेत्रको चिङ्हाइ प्रान्तमा दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले पुष्टि गरेको छ।
यस भूकम्पबाट भएको क्षतिबारे विस्तृत जानकारी हालसम्म प्राप्त भएको छैन।
यसअघि मंगलबार तिब्बतको सिगात्से क्षेत्र केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्याएको थियो। सो भूकम्पमा परी हालसम्म १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन्। भूकम्पका कारण सयौँ घर भत्किएका छन्।