ठमेलस्थित छायाँदेवी कम्प्लेक्स लिमिटेडले सन् २०२४ मा ८५ करोड ६० लाख रुपैयाँको आम्दानी गरेको छ। यो आम्दानी सन् २०२३ को तुलनामा २.२७ प्रतिशतले बढी हो। कम्पनीले सन् २०२३ मा ८३ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ८४ करोड ६० लाख रुपैयाँको कमाएको थियो।
छायाँदेवी कम्प्लेक्स नेपालकै ठूलो व्यापारिक कम्प्लेक्स मध्येको एक हो। ठमेलको प्रमुख व्यापारिक क्षेत्र र पर्यटकीय केन्द्रमा फैलिएको यो कम्प्लेक्सको कुल क्षेत्रफल ३ लाख ५० हजार वर्गफिटभन्दा बढी छ। कम्प्लेक्सले आफ्नो क्षेत्रफलको ५१ प्रतिशत पाँचतारे अलफ्ट होटल सञ्चालनका लागि छुट्याएको छ भने बाँकी ४९ प्रतिशत क्षेत्र व्यावसायिक मलका लागि प्रयोग गरिएको छ।
कम्पनीले हाल ४०० रुपैयाँ प्रतिकित्ताको दरले १४ लाख ३७ हजार ५०० कित्ता सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। यसबाट कम्पनीले ५७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने तयारी गरेको छ।
छायाँदेवीले दीर्घकालीन १ अर्ब ८० करोड ७० लाख रुपैयाँ र छोटो समयका लागि ४ करोड ३० लाख रुपैयाँ कर्जाको लागि रेटिङ गराएको छ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दीर्घकालीन ऋणलाई ‘केयर एनपी बीबीबी माइनस’ र छोटो समयको ऋणलाई ‘केयर एनपी ए३’ रेटिङ दिएको छ।



















प्रतिकृया