SHAREHUBSHAREHUB

एमालेको प्रचार सामग्रीबाट अध्यक्ष ओलीको फोटो हटाइयो

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ८ गते
AdvertisementAds
एमालेको प्रचार सामग्रीबाट अध्यक्ष ओलीको फोटो हटाइयो
AdvertisementAds

नेकपा एमालेका पछिल्ला प्रचार सामग्रीहरूबाट अध्यक्ष केपी शर्मा ओलीको तस्बिर हटाइएको देखिएको छ।

पार्टीले हालै सार्वजनिक गरेका प्रचार सामग्रीमा ओलीको तस्बिर नदेखिएपछि यसबारे चर्चा सुरु भएको हो। यसअघि निर्वाचन लगायतका अभियानमा एमालेका उम्मेदवारहरूले आफ्नो प्रचार सामग्रीमा ओलीको तस्बिर प्रयोग गर्ने गरेका थिए।

भोलि (बुधबार) मनाइने कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा एमालेले च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्न लागेको विशेष कार्यक्रमका प्रचार सामग्रीमा पनि ओलीको तस्बिर समावेश गरिएको छैन।

एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको प्रचार सामग्रीमा भने कम्युनिस्ट पार्टीका संस्थापक सदस्यहरू तथा पूर्व महासचिव मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीका तस्बिर मात्र देखिन्छन्।

एमालेले यसअघि पार्टी अध्यक्षको मात्र तस्बिर प्रयोग गर्ने नीति बनाएको भए पनि व्यवहारमा विभिन्न समयमा फरक अभ्यास हुँदै आएको थियो। दुई वर्षअघि पार्टीले सार्वजनिक कार्यक्रम सम्बन्धी ५ बुँदे मापदण्ड जारी गर्दै अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्न आन्तरिक सर्कुलर गरेको थियो।

AdvertisementAds

तर भदौ २३/२४ को जेनजी आन्दोलनपछि सत्ता समीकरणमा आएको परिवर्तनसँगै ओलीलाई पार्टी प्रचार सामग्रीमा समेत कम देखिन थालेको चर्चा छ।

पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। केही नेताहरूले त नेतृत्व परिवर्तनको माग गर्दै हस्ताक्षर अभियानसमेत चलाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स