नेपालमा बीवाईडी एम ६ सार्वजनिक, कस्ता छन् फिचर ?

नेपालमा बीवाईडी एम ६ सार्वजनिक, कस्ता छन् फिचर ?

नेपालमा बीवाईडी एम६ सार्वजनिक गरिएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीको नयाँ ७-सीटर इलेक्ट्रिक मल्टिपर्पस भेइकल (एमपीभी) बीवाईडी एम६ लन्च गरेको छ, जसले बीवाईडीको पहिलेको लोकप्रिय मोडल बीवाईडी ई ६ लाई प्रतिस्थापन गर्नेछ।

बीवाईडी एम६ गएको जुलाईमा पहिलो पटक इन्डोनेसियामा सार्वजनिक गरिएको थियो। यही मोडल भारतमा भने बीवाईडी ई म्याक्स ७ नाममा उपलब्ध छ। नेपालमा साइमेक्स इंकले यो मोडल पोखरामा आयोजित बीवाईडी इन्टरनेशनल बलून फेस्टिभल २०२४ मा सार्वजनिक गरेको थियो।

202412181737 内饰pc scaled https://bajarkochirfar.com/byd-m6-public-in-nepal-what-are-the-features | %tags

 

गाडीमा ७ सिट क्षमता रहेकोले ठूलो परिवारलाई यात्रा गर्न सहज हुनेछ। डिजाइनका हिसाबले बीवाईडी एम६ आकर्षक र आरामदायी बनाइएको छ। यसको डिजाइनलाई एलईडी हेडलाइटहरू, हावाको प्रतिरोध कम गर्ने एरोडायनामिक बनावट, र पछाडिको एलईडी टेल लाइट बार तथा स्लिक रुफ स्पोइलरले थप प्रिमियम बनाएको छ।

भित्रको स्पेसको कुरा गर्दा यो गाडीमा तीन पङ्क्तिमा सातजना बस्न मिल्ने सिट छ, जसले ठूलो परिवारलाई सहज यात्रा अनुभव दिनेछ। तेस्रो पङ्क्तिको लेगरुम स्पेस पनि सन्तोषजनक छ। लामो यात्राका लागि ५८० लिटरसम्मको लगेज स्पेस उपलब्ध छ। साथै, गाडीमा १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले रहेको छ।

 

202412201118 中控台pc https://bajarkochirfar.com/byd-m6-public-in-nepal-what-are-the-features | %tags

 

बीवाईडी एम६ मा एसी परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर प्रयोग गरिएको छ, जसले १०० किलोवाट पावर र २५० एनएम टर्क प्रदान गर्छ। यसमा ७१.८ किलोवाट-घण्टा क्षमताको बीवाईडी ब्लेड ब्याट्री छ, जसले डब्लुएलटिपी मापनअनुसार ४४० किलोमिटर रेन्ज दिन्छ। गाडीमा १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ।

चार्जिङका लागि, एम६ मा ७.२ किलोवाट एसी चार्जिङ उपलब्ध छ, जसले गाडीलाई ११ घण्टामा पूरा चार्ज गर्न सक्छ। त्यस्तै, ११५ किलोवाटको डीसी फास्ट चार्जिङ प्रयोग गरी ४० मिनेटमा ८०% ब्याट्री चार्ज गर्न सकिन्छ।

 

202412181746 后尾箱pc scaled https://bajarkochirfar.com/byd-m6-public-in-nepal-what-are-the-features | %tagsयो गाडीले ०-१०० किमि/घन्टा गति ११.९ सेकेन्डमा हासिल गर्न सक्छ भने यसको अधिकतम गति १८० किमि/घन्टा छ।

सुरक्षाका लागि गाडीमा फ्रन्ट, साइड र कर्टेन एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) र आइएसओफिक्स बाल सिट एंकरेज जस्ता सुविधा उपलब्ध छन्। एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम अन्तर्गत अडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट डिटेक्सन र लेन डिपार्चर असिस्ट जस्ता आधुनिक प्रविधिहरू समावेश छन्।

नेपालमा बीवाईडी एम६ को मूल्य रु. ५८ लाख ९० हजार तोकिएको छ। यो गाडी डेमन डोमेन ब्ल्याक, इन्क स्टोन ब्लु, क्रिस्टल ह्वाइट, र हार्बर ग्रे रङहरूमा उपलब्ध छ।

AUTO CHIRFAR https://bajarkochirfar.com/byd-m6-public-in-nepal-what-are-the-features | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स