SHAREHUBSHAREHUB

असार २९ देखि बुङ्गल हाइड्रोको आईपीओ खुल्दै, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २२ गते
AdvertisementAds
असार २९ देखि बुङ्गल हाइड्रोको आईपीओ खुल्दै, क-कसले भर्न पाउने ?
AdvertisementAds

बुङ्गल हाइड्रो लिमिटेडले यही असार २९ गतेदेखि प्रथम चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आफ्नो ८३ करोड रुपैयाँको जारी पूँजीको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँको दरले निष्काशन गर्न लागेको हो, जसका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति केही दिनअघि मात्रै प्राप्त भएको छ। यो आईपीओ आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृतिप्राप्त नेपालीहरूका लागि खुला गरिनेछ। कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि ८ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता आईपीओ छुट्याएको छ।

आयोजना प्रभावितमध्ये अति प्रभावित क्षेत्रका बासिन्दाले ५ लाख ३९ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्, जसमा बझाङको बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १) का स्थानीयहरू समावेश छन्। यस्तै, सामान्य प्रभावित क्षेत्रका स्थानीयहरूलाई २ लाख ९० हजार ५०० कित्ता छुट्याइएको छ, जसमा बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ पर्छन्। आवेदन दिन चाहनेले कम्तीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन ११ गते तोकिएको छ, तर उक्त म्यादभित्र पर्याप्त आवेदन नआएमा अवधि साउन २६ गतेसम्म लम्ब्याइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स