बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएका सेयर बाँडफाँड भइसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरले निष्काशन हुँदैछ।
न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा भदौ १९ र ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ। केयर रेटिङ नेपालले कम्पनीलाई “CARE-NP Single B Issuer Rating” प्रदान गरेको छ जसले औसत जोखिम रहेको संकेत गर्दछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो।




















प्रतिकृया