बुङ्गल हाइड्रोको आईपीओ भर्ने म्याद थप, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ११ गते
बुङ्गल हाइड्रोको आईपीओ भर्ने म्याद थप, क-कसले भर्न पाउने ?

बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि प्रभावित स्थानीयका लागि आवेदन अवधि साउन २६ गतेसम्म बढाइएको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त २९ लाख ५ हजार कित्तामध्ये पहिलो चरणमा कम्पनीले ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित स्थानीयवासीका लागि र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिरहेको हो।

वैदेशिक रोजगारीतर्फ आवश्यकभन्दा बढी आवेदन परिसकेकाले आज साउन ११ गते साँझ ५ बजेपछि आवेदन बन्द हुनेछ। तर आयोजना प्रभावित स्थानीयबाट अपेक्षित आवेदन नआएकाले समय थप गरिएको हो।

प्रभावितमध्ये ५ लाख ३९ हजार ५०० कित्ता अति प्रभावित क्षेत्र (बुंगल नपा-६ र ७ का साबिक वडाहरू) का स्थानीयका लागि छुट्याइएको छ। बाँकी २ लाख ९० हजार ५०० कित्ता सामान्य प्रभावित क्षेत्र (बुंगल नपा १–५ र ८–११) का लागि हो।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स